विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी टिकट शुल्कमा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो ।

छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ । विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालय लगायतका देशभरका २७ वटा अस्पताल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here