दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुई नम्बरी’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक भएको हो ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन् । ट्रेलरमा रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ ।

दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा बुनिएको कथामा दयाहाङ र सौगात मिल्ने साथीको रुपमा फिचर्ड छन् ।

दुई साथीको मित्रताको कथा भन्ने चलचित्र असोजको २१ गते रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here