एकैदिन प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १३ असोज । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।

बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ६०० रुपैँयामा कारोबार भएको छापाबाल सुनको मूल्य बिहिवार ९२ हजार ८०० रुपैँयामा कारोबार भएको छ ।

महासंघ अनुसार हिजो प्रतितोला ९१ हजार १०० रुपैँयामा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार हुने छ ।

यस्तै, बजारमा आज चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैँया बढेको छ । हिजो प्रतितोला एक हजार १४५ रुपैँयामा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १७० रुपैँयामा कारोबार हुने महासंघ जनाएको छ ।