अनमोल स्प्राईटको नेपाली ब्राण्ड एम्बेस्डर, उनको छवि स्प्राइटसँग मिल्छः कोकाकोला

क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । पेय पदार्थ ब्राण्ड स्प्राईटले नेपाली यूवा अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घतास्वरुप आएको कोकाकोला नेपालले बताएको छ ।

आकर्षक र प्रभावशाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।

कोका–कोला नेपालका कण्ट्री डाइरेक्टर अम्बुज सिंहका अनुसार जुन अनमोलको छवि र व्यक्तित्व स्प्राईटसँग पूर्ण रुपमा मिल्छ ।

युवा स्टार अनमोलसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको पनि उनले बताए ।
अनमोलले पनि स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताउका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here