दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं, १३ असोज । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा आज पनि दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । बुधवार ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ ।

आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, नबिल बैंक पौने ३ करोड र नेपाल टेलिकम साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बिहीबार अभियान लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, गुराँग लघुवित्त ५.७६, समिट लघुवित्त ५.४०, नबिल ब्यालेन्स फण्ड–३, ५.१७, जनउत्थान लघुवित्त ५.१३, सिटिजन्स बैंक ४.७७, समता घरेलु लघुवित्त ४, नेपाल ल्युब आय ३.९९, बिन्भ्यवासिन हाइड्रोपावर, नेरुडे लघुवित्त र गुह्येश्वरी मर्चेन्टको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here