मनसुनी वायुको सामान्य प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १४ असोज । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा हुने जनाएको छ। हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण केही प्रदेशका एक-दुई स्थानमा वर्षा हुने भएको हो।

हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

असोज १४ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

असोज १५ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

असोज १६ गते (आईतबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here