दोधारा चाँदनीमा रामलीला नाट्य श्रृखला, सामाजिक सद्भाव र भातृत्व कायम राख्ने विश्वास

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन आदर्श रामलीला नाट्य श्रंखला शुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक विद्यालयको प्रांगणमा आजबाट रात्रीकालिन रामलीला नाट्य श्रंखला सुरु भएको आदर्श रामलीला समिति दोधारा चाँदनीले जनाएको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयरले विधिवतरुपमा बिगत लामो समय देखि संचालन हुँदै आएको भगवान रामको जिवनीमा आधारित रामलीला नाट्य श्रृखलाको उद्धघाटन गरेका छन् ।

उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशी, वडाध्यक्ष तथा राजनितिक दलका प्रतिनिधी, संघ–संस्थाका प्रतिनिधी तथा भक्तजनहरुको उपस्थिती रहेको थियो ।

उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास गरेका छन् ।

आदर्श रामलिला नाट्य श्रंखलाले साँस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने उनले विश्वास व्यक्त गरे ।

धर्म, सुसंस्कृतिको संरक्षणका लागि दोधारा चाँदनी नगरपालिकामा राललीला संचालन भएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । ‘समाजमा भाईचार, आपसी बेमेलको अवस्था सृजना भईरहेको छ, ‘मेर लिम्बुले भने, ‘समाजमा भाईचाराको भावना जागृत गराउने मुल उदेश्य हो ।’

रामलीला नाट्य श्रंखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको बक्ताहरुले बताएका छन् ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत आदर्श रामलिला नाट्य श्रृंखलाले सहयोग पुग्ने विश्वास गरिएको छ ।

आदर्श रामलीला नाट्य श्रृंखलाका निर्देशक शुशिल रानाले यसपल्टको रामलिला अलौकिक हुने बताए । रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलालाई ब्यवस्थीत गर्न विभिन्न उप–समिति गठन गरिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयमा २०३२ साल देखि रामलिला संचालन हुदै आएको छ् । तत्कालिन नेकपा माओबादी र सरकार बिचको द्धन्द्ध र कोरोना संक्रमणको कारण बिचको वर्षहरुमा रामलिला नाट्य श्रंखलाले निरन्तरता पाउन सकेन् ।

आज गणेश पुजनबाट सुरु भएको रामलीला नाट्य श्रंखला नारद मोह सम्म समाप्त भएको छ् । रामलिला नाट्य श्रंखलामा केही नयाँ र केही पुराना कालाकार रहेको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here