आइएमई दशैं अफरको चौथो हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार लगायत चाडपर्वहरूको अवसरमा आइएमईले ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत चौथो हप्ताका विजेता घोषणा भएको छ ।

बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत विजेता घोषणा गरिएके हो ।

घोषित नतिजा अनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । विजेताद्वयले जनही . २५ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम विक, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप पाएका छन् ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ दश लाख उपहार स्वरूप प्रदान गरिनेछ ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here