कान्तिपुर मलमा सामान किन्दा विशेष छुटदेखि उपहारसम्म पाइने

काठमाडौं । कान्तिपुर मल चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न योजना ल्याएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट योजना ल्याएको हो ।

विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ ।

मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ।

मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिए ।

कार्तिक महिनाको अन्त्य सम्म कान्तिपुर मलमा रु एक हजार भन्दा माथिको सपिङ गर्दा ग्राहकहरुले उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यामहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कारहरुमा मेमा कम्पनिको घडी,आईरन,लाईट लगायत छ्न् ।
कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी श्यामहरी पौडेल बताए ।

चारै कुनामा सिसिटिभी जडान गरिएको र जुनसुकै बेला पनि सेक्युरिटी गार्डको प्रवन्ध गरिएकाले किनमेल गर्न कान्तिपुर मल ग्राहकका लागी सुरक्षित रहेको कान्तिपुर मलको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here