दशैंभर काठमाडौं महानगरमा नि:शूल्क एम्बुलेन्स, १०२ मा फोन गरेर लिन सकिने

काठमाडौं, १६ असोज । काठमाडौं महानगरपालिकामा दशैं अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । डेंगु महामारी अहिले तिब्र रुपमा फैलिएको छ । महानगरपालिकाका मेयर बालेन साहले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here