देशभर दशैं घरमा फूलपाती भित्राइयो

काठमाडौं । आइतबार दशैंको सप्तमी, देशभर रहेका दशैं घरमा फूलपाती भित्राइएर मनाइएको छ । काठमाडौंको टुडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्यो ।

साथै, काठमाडौंको हनुमान ढोकास्थित दशैंं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्राउने काम सम्पन्न गरियो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको थियो ।

टुडिखेलमा नेपाली सेनाले राइफल र तोप दिएको थियो भने मार्चपास समेत गरेको थियो । सेना तथा प्रहरीले देशभरका शक्तिपिठमा फूलपाती भित्राउने क्रममा सलामी दिए । हेलिकप्टरबाट काठमाडौंमा पुष्पगुच्छा समेत वर्षाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here