दसैंको बेला मापसे चेकिङ बढ्यो, झण्डै १४ सय सवारी चालक कारवाहीमा

फाइलफोटो

दसंको समयमा प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकिङ तिब्र पारेको छ । चाडबाडको समयमा मापसे गरेर सवारी चलाउने धेरै हुने आशंकाका आधारमा प्रहरीले चेकजाँच तिब्र पारेको हो ।

दसैंको घटस्थापना सुरु भएयता असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १ हजार ३ सय ८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार करिब एक सातामा यतिका संख्यामा मापसे गरेकाहरु कारवाहीमा पर्नु भनेको धेरै हो ।

ट्राफिक प्रहरीका अनुसार यो एक सातामा २ सय सवारी दुर्घटनामा परेका छन् भने ती दुर्घटनामा परेर १ सय ३३ सामान्य घाइते भएका छन् । साथै, ६ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

यस्तै, ट्राफिक प्रहरीले मेकानिकल परीक्षण नगरी प्रयोगमा ल्याइएका ४०० सार्वजनिक सवारीलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिएको छ । साथै, यात्रुलाई सास्ती दिने ५४ जना विचौलियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here