कोरोना बीमा भुक्तानीका लागि सरकारको १ अर्ब निकासा, त्यति थोरै रकम निल्नु न ओकेल्नु

कोरोरा बीमा भुक्तानीका लागि सरकारले बीमा समितिको नाममा १ अर्ब रुपैयाँ निकासा गरिदिएको छ । पैसा नपाएको भन्दै बीमा कम्पनीहरुले दाबी भुक्तानी रोकेको करिब १ वर्ष पनि सरकारले उक्त रकम निकासा गरिदिएको हो ।

कोरोना बीमामा दाबी भुक्तानी, सरकारी कर्मचारीको बीमा शुल्क र सर्वसाधारणलाई बीमा शुल्कमा ५० प्रतिशत अनुदान गरी सरकारले करिब ११ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्नेछ ।

त्यसमध्ये साढे १० अर्ब रुपैयाँ करिब सवा १ लाख बिमितलाई भुक्तानी गर्न बाँकी छ । तर, सरकारले एक अर्ब रुपैयाँ मात्र निकासा गरिदिएकाले उक्त रकम कम्पनीहरुलाई निल्नु न ओकेल्नु भएको छ ।

यद्यपि उक्त रकम बीमा समितिको बैंक खातामा आइसकेको र दसैं बिदा पनि अर्थ मन्त्रालयसँग छलफल गरेर मात्र उक्त रकम वितरण बारे मापदण्ड बनाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here