दसैमा खेल्ने होइन त तास ? दुई महिनामै १ करोडको तास भित्रियो

काठमाडौं । हिन्दुहरुको महान चाड दसैं र तिहारमा तासको विशेष महत्व हुन्छ । यो समयमा खासगरी घरपरिवार मिलेर तास खेलेर मनोरञ्जन लिने भएकाले पनि विशेष महत्व हुने गरेको हो । यसकारण पनि चाडपर्वको बेलामा नेपाली बजारमा पनि तासको माग बढ्ने गर्छ ।

यही कारण चालु आर्थिक वर्षको साउन र भदौमा मात्र करिब १ करोड १ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २ सय ४४ बण्डल तास आयात भएको छ । गत आर्थिक वर्षका करिब ३० करोड रुपैयाँ बराबरको तास आयात भएको थियो ।

विदेशी मुद्रा सञ्चिति घटीरहेको भन्दै केही महिना तासको आयात रोक्का गरेपनि हाल सरकारले खुला गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here