चन्द्रागिरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे धुलिखेल- १२ का स्थानीयवासी ५१ वर्षीय राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेको प्रहरीले बताएको छ । रेकी ध्यान केन्द्रमा सुतिरहेको अवस्थामा पहिरो गएको हो ।

उनीहरू केही समयदेखि बिरामी भएकाले ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएको समेत बताइएको छ । राति १२ः४० बजे गएको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । स्थानीय र प्रहरीले मध्यरातबाटै उद्धार थालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here