यो विश्वकप मेरा लागि अन्तिम विश्वकप हुनेछ : मेसी

काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेसीले आगामी महिनाबाट शुरु हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । ३५ वर्षिय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलिसकेका छन् ।

विश्वकपमा उनले ६ गोल गरेका छन् । उनले विश्वकपका १९ खेल खेलिसकेका छन् । ईएसपीएनसँग शुक्रबार विशेष अन्तर्वार्ता दिँदै उनले भने, ‘यो मेरो अन्तिम विश्वकप हो ।’ अर्जेण्टिना सन् २०१४ को विश्वकपमा उप–विजेता बनेको थियो ।

मेसीले सन् २०२१ मा आफ्नै नेतृत्वमा कोपा अमेरिका जितेका थिए ।

मेसीले भनेका छन्, ‘म अहिले विश्वकपको प्रतीक्षामा छु । म केही आँत्तिएको पनि छु र दबाब पनि महसुस गरिरहेको छु । म विश्वकपमा खेल्न चाहन्छु । त्यसमा के हुनेछ, कस्तो हुनेछ, त्यसको पर्खाइमा समेत छु ।’ मेसीले सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए र अहिलेसम्म अर्जेन्टिनाका लागि मात्रै १ सय ६४ खेलमा ९० गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here