नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ मा यसअघि गरिएको ३.७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५.८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ ।

नेपाल डेभलपमेन्ट अपडेटमा विश्व बैंकले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत विश्लेषण गरेको छ ।

नेपाल विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको नगन्य योगदानकर्ता भए पनि जलवायु परिवर्तनको जोखिम भएका मुलुकमा भने अग्रस्थानमा पर्छ ।

यसलाई निकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने विज्ञहरूले बताएका छन् । किनकि आर्थिक वर्ष २०२० अर्थात् २०७६/७७ मा ३० वर्षमै पहिलो पटक नेपालको पहिलो आर्थिक सङ्कुचन माइनस २ दशमलव ४ प्रतिशत भएलगत्तै बितेको आर्थिक वर्ष २०२१ अर्थात् २०७७/८० मा ३.८ प्रतिशतको बहाली हुँदै चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशतको वृद्धिदर हासिल हुने बैंकको संशोधित अनुमान छ ।

याे वर्ष मूल्यवृद्धि भने निकै उच्च भएको छ । गएकाे आर्थिक वर्षमा ३.६ प्रतिशतमा खुम्चिएको मूल्यवृद्धि रुस–युक्रेन युद्ध र आन्तरिक कारणले यो वर्ष ६ दशमलव ३ प्रतिशत पुग्ने बैंकको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here