बेलारुस, रुस र युक्रेनका अभियन्तालाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । बेलारुस, रुस र युक्रेनका अभियन्तालाई यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् ।

नोबेल छनोट समितिका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की, रुसको मानव अधिकार संगठनले ‘मेमोरियल’ र युक्रेनको मानव अधिकार सङ्गठन ‘सिभिल लिबर्टिज’ लाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कार प्राप्त गर्ने संस्था मेमोरियल यो वर्षको सुरुवातमै बन्द भइसकेको छ । उक्त संस्थाले बितेको ३ दशकभन्दा बढी समयदेखि सोभियत कालमा मारिएका, कैद भोगेका र यातना पाएका लाखौं निर्दोष मानिसका पीडालाई स्मृतिमा जीवित राख्न भूमिका खेल्दै आएको छ ।

अर्को पुरस्कृत संस्था फेब्रअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि केन्द्रले युक्रेनी नागरिकविरुद्ध रुसले गरेको युद्ध अपराधको पहिचान गर्ने र त्यसलाई अभिलेखीकरण गर्ने काम गर्दै आएको छ । केन्द्रले दोषी पक्षलाई उसले गरेको अपराधका लागि जवाफदेही बनाउन अग्रणी भूमिका निभाउँदै आएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here