सभामुख अग्नी सापकोटाको घोषणा : आगामी चुनाव लड्दिन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले हागामी चुनाव नलड्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । सापकोटा २०६४, २०७० मा संविधानसभा सदस्य रहेका थिए ।

उनले २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी दावेदार थिए । सत्ता गठबन्धनमा भएको यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ माओवादीको भागमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here