सुनको मूल्य एकैदिन तोलामा ३ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ असोज । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलाको ३ हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

दशैँका कारण ९ दिनदेखि सुनको नयाँ मूल्य कायम गरिएको थिएन।

त्यसैगरी, तेजावी सुनको मूल्य पनि ३ हजारले नै बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here