एएफसी यू- १७ एसियन कप छनोट: जितविहीन बन्यो नेपाल, सुखद अन्त्य गर्ने अवसरमा चुक्यो

काठमाडौं । नेपाल एएफसी यू–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ ।

एसिया कप छनोटका तीन वटै खेलमा पराजित भएको हो । समूहको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार चाइनिज ताईपेईसँग ४-२ गोलको हार ब्यहोरेको हो ।

चाइनिज ताइपेका लागि लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले गोल गरेका थिए । नेपालका लागि कप्तान प्रशान्त लक्षम र धन सिंह विकले एक-एक गोल गरे ।

समूहका अघिल्ला दुवै खेलमा पराजित भएर नेपालको यात्रा छनोट चरणमै सीमित हुने पक्का भएको थियो । पहिलो खेलमा थाइल्यान्डले ३-० गोलले हराएको थियो भने दोस्रो खेलमा नेपाल भियतनामसँग ५-० गोलले पराजित भएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तनि खेलमा अंकविहीन रह्यो ।

आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको टुंगो लगाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here