‘महापुरुष’को ट्रेलर सार्वजनिक, प्रेमको जित हुने सन्देश (भिडियो)

काठमाडौं । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखाइएको छ ।

ट्रेलरको आकर्षक पक्ष के हो भने यसले कथा, चरित्र, द्वन्द्व, संवेदना र निष्कर्षलाई तीन मिनेटभित्र समेटिदिएको छ । चलचित्रले प्रेमको जित हुने निष्कर्ष निकालेको छ ।

हरिवंश आचार्य, अरुण क्षेत्री, अञ्जना बराइली, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिह बाँनिया, राजाराम पौडेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक ११ गते रिलिज हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here