सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि गिरावट आएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ कायम भएको छ । सोमबार नेपाली बजारमा चाँदी १ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here