दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २५ असोज । शेयर बजारमा दोहोरो अंकको गिरावट जारी रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमबार ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३समूह्को परिसूचक बढेको छ भने १० समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, सिंगटी हाइड्रो ४.२६, नेरुडे लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सामलिङ पावर, ङादी ग्रुपको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

विजय लघुवित्त, गणपति लघुवित्त र बोटलर्स नेपालका शेयरधनीले पनि ३ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर कम्पनीको पनि २ करोड बढीको सेयर खरिदविक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here