युवराज अधिकारीलाई वायुसेवा निगमको अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा। आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएको हो ।

यसअघि अधिकारीलाई निगमको अध्यक्षमा रहनेगरी भएको न्यायाधीश तिलप्रसाद श्रेष्ठको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सरकारले गएको असार ६ गते अधिकारीलाई निलम्बन गरेको थियो । निलम्बनविरुद्ध असार १३ गते उनी सर्वोच्च पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here