पछिल्लो २४ घण्टामा बाढी र पहिरोमा परी १७ जनाको मृत्यु,१५ घाइते

फाइलफोटो

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी पछिल्लो चौबिस घण्टामा १७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार ती घटनामा परी १७ जना बेपत्ता र १५ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here