सरकारले तोक्यो बोतल र जारको पानीको मूल्य, बढी लिए कारवाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको मूल्य तोकेको छ ।

विभागले विभागले खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ ।

व्यवसायीयले अहिले प्रतिलिटर बोटलको २० देखि ४० रुपैयाँ लिदै आएका थिए भने प्रति जार ५० देखि १५० रुपैयाँ लिदै आएका थिए ।

उपत्यका बाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ ।

तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गर्नेलाई कानुन अनुसार कारवाही हुने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here