एथ्लेटिक्सतर्फ १० हजार मिटरमा सन्तोषीले जितिन स्वर्ण पदक

काठमाडौं, २९ असोज । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमति प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

शनिबार पोखरा रंगशालामा भएको दौडमा श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पारेकी थिइन् ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् भने पछाइले निर्धारित दुरी ३६ मिनेट २९ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन । त्यस्तै एपीएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

उनले ३६ मिनेट ४.२ सेकेन्ड मा निर्धारित दुरि पूरा गरेकी थिइन् ।