नवौं राष्ट्रिय खेलकुद: गौरिकाले जितिन् पहिलो स्वर्ण

फाइलफोटो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले पहिलो स्वर्ण जितेकी छिन् ।

अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्।

गौरिकाले १ मिनेट ५.५ सेकेन्डको समय निकाल्दै १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।

यसअघि गौरिकाले ८ सय मिटर फ्रि स्टाइल तथा २ सय मिटर फ्रिस्टाइल छाडेकी थिइन्। पेट दुखेर वान्ता भएपछि शनिबार १ मिटर फ्रि स्टाइलको फाइनल राउन्ड र २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन्।

१ सय मिटर फ्रि स्टाइल र २ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएर गौरिकाले फाइनल राउन्ड छाडेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here