काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्याड्रिड विजयी भएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनामाथि रियलले ३-१ को सानदार जित निकालेको हो ।
डिफेन्डिङ च्याम्पियन रियलका लागि करिम बेन्जेमाले १२औँ मिनेटमा पहिलो गोल गरे। ३५ औँ मिनेटमा फेडरिको भाल्भेरडेले दोस्रो गोल गरे।
पहिलो हाफमा २-०को अग्रता बनाएको रियलको तेस्रो गोल भने अतिरिक्त समयमा भएको थियो।
फेरान टोरेसले ८३ औँ मिनेछमा बार्सिलोनाका लागि एक गोल फर्काए। रियलका लागि रोडरिगोले पेनाल्टीबाट रियलका लागि तेस्रो गोल गरे।
यो दुई प्रतिद्वन्द्वी टिमबीचको २ सय ५० औं ‘एल क्लासिको’ हो। यो जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा रहेको छ। बार्सिलोना सिजनको पहिलो हार व्यहोर्दै दोस्रो स्थानमा झरेको छ।
लिगमा रियल अपराजित छ। उसको नौ खेलबाट २५ अंक भएको छ। बार्सिलोना समान खेलबाट २२ अंकमा रहेको छ।