नवौं राष्ट्रिय खेलकुद: पौडीमा कीर्तिमान नै कीर्तिमान, पोखरीको मापदण्डमै आशंका

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा कीर्तिमान नै कीर्तिमान बनेको छ । पौडी प्रतियोगितामा तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्।

लगातार कीर्तिमान बनेसँगै २५ मिटरको भनिएको पोखरीको लम्बाइप्रति पौडीका केही प्राविधिकले आशंका व्यक्त गरेका छन्।

एक प्राविधिकका अनुसार पौडीको लम्बाइ मापदण्डभन्दा ९ सेन्टिमिटर कम पाइएको छ।

मंगलवार त्रिभुवन आर्मी क्लबका नासिर याहा हुसेनले दुई नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नासिले आफ्नै कीर्तिमान भंग गरेका छन् । पुरुष ४ सय मिटर फ्रिस्टायलमा नासिरले ४ मिनेट ३३।०५ सेकेन्डको रेकर्ड तोड्दै निर्धारित दुरी ४ मिनेट ८.६४ सेकन्डमा पुरा गरे ।

४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here