करिम बेन्जेमालाई पहिलो पटक बलोन डी’ओर अवार्ड

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले विश्व प्रसिद्ध बलोन डी’ओर अवार्ड प्राप्त गरेका छन् । फ्रेन्च खेलाडी बेन्जेमाले पहिलाेपटक बलोन डी’ओरको अवार्ड हात पारेका हुन् ।

यस वर्षको बेलन डे’अर रियल म्याड्रिडका बेन्जेमाले पाएका छन् । उनी फ्रान्सका फरवार्डर पनि हुन् । करिम बेन्जेमाले मंगलबार पहिलोपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा बेलन डे’अर अवार्ड जितेका हुन् ।

सन् २०२१–२०२२ को सिजन रियललाई युरोपेली च्याम्पियन्स लिग र स्पेनी ला लिगा दिलाउन उनले ४६ खेलमा ४४ गोल गरेका थिए ।

अवार्डका पछिल्ला १३ संस्करणमध्ये लियोनल मेसी सात र क्रिस्टियानो रोनाल्डो पाँच पल्ट विजेता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here