नवौं राष्ट्रिय खेलकुद : डेब्यु खेलमै पुलिसलाई महिला क्रिकेटको स्वर्ण, एपीएफ पराजित

काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । उसले मंगलबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाफ एपिएफ क्लबलाई ५ रनले हराउँदै स्वर्ण जितेको हो ।

पुलिसको यो डेब्यु प्रतियोगिता हो । पुलिसको महिला क्रिकेट टिम यसअघि बनेको थिएन । ९० रनको लक्ष्य पछ्याएको एपिएफले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो ।

एपीएफका रोमा थापाले २६ र राजमति ऐरी १२ रनको योगदान दिइन् । बलिङतर्फ पुलिसकी इश्वरी विष्टले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ८९ रन बनाएको थियो । पुलिसकी ओपनर काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here