नवौँ राष्ट्रिय खेलकुद: १ सय ८५ पदक पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ ।

आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदकसहित १ सय ८ पदक जितेको छ ।

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदकसहित १ सय २० पदक हात पारेको छ ।

त्यस्तै गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदकसहित ६१ पदक जित्दा वाग्मती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here