द भ्वाइस अफ अमेरिका:परिजिता बास्तोला ब्याटल्स राउण्डबाट सुरक्षित

काठमाडौं । परिजिता बास्तोलाले द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्डबाट सुरक्षित भएकी छिन् ।

म‌ंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुनेका हुन् ।

‘द भ्वाइस’ सिजन २२ को ब्याटल्स राउन्डको लागि जोनले पारिजितालाई दिदीबहिनीको जोडी द मारिलिन्ड्स विरुद्ध प्रतिस्पर्धामा पठाएका थिए । बी जीको ‘हाउ डीप इज योर लभ’ लाई ब्याट्स गीतको रूपमा छनोट गरिएको थियो ।

ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेन्ड रोजेकी थिइन् ।

‘द भ्वाइस’ सिजन २२ को ब्याटल्स राउन्डको लागि जोनले पारिजितालाई दिदीबहिनीको जोडी द मारिलिन्ड्स विरुद्ध प्रतिस्पर्धामा पठाएका थिए । बी जीको ‘हाउ डीप इज योर लभ’ लाई ब्याट्स गीतको रूपमा छनोट गरिएको थियो ।

यद्यपि मारिलिन्ड्स दिदीबहिनी पनि शोमा सुरक्षित छन् । जोनले मारिलिन्ड्स दिदीबहिनीलाई पनि आफ्नो विशेष अधिकार प्रयोग गरेर सुरक्षित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here