३ सय १४ पदकसहित आर्मी पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी शीर्ष स्थानमा रहेको छ। उसले अहिलेसम्म तीन सय १४ पदक जितेको छ। उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ।

यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ।

आयोजक गण्डकी प्रदेश प्रदेश पदकमा अग्रस्थानमा छ। गण्डकीले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here