दुई वर्षपछिको राष्ट्रिय खेलकुद कर्णालीमा

काठमाडौं, ३ कात्तिक । आगामी दुई वर्ष पछि हुने १० औं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी कर्णाली प्रदेशले पाएको छ । कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको हो ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। तर कुन महिना गर्ने विषयमा अहिले टुंगो लागेको छैन।

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ। यससँगै खेलकुदको महामेला दुई वर्षका लागि समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here