लक्ष्मीपूजा: धनकी देवी लक्ष्मीलाई यसरी पार्नुहोस् खुसी

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ ।

आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ । त्यस्तै घरका झ्याल ढोका तथा साथै पानी सार्न प्रयोगगर्ने गाग्री लोटा सयपत्री फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको पाइला बनाउने तथा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ ।

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ ।

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसँग मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको ‘त्योहार’ शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

लक्ष्मीपूजा कसरी गरिन्छ ?

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

यसरी पार्नुहोस् खुसी

लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीज चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

– लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।
-घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ ।

– लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस्।

-लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

– पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

– यस रात पाँच साबुत सुपाडी ,कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

– यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ ।

– चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनुपर्छ ।

– लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here