नेपालमा ओमिक्रोनको सव-भेरियन्ट भेटियो, सचेत रहन आग्रह

काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी)का संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले यो भेरियन्ट विभिन्न देशहरूमा समेत फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको सन्दर्भमा मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न गराउन सचेतसँगै अनुरोध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here