टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ ।

अष्ट्रेलियाको ब्रिसबेन स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले ३ रनको जित निकालेको हो।

आइतबारको खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाबे निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएको हो।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो।

बंगलादेशलाई सम्मानजनक स्कोरमा पुर्‍याउने क्रममा नाजमुल हुसेन शान्टोले सर्वाधिक ७१ रन बनाएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे १४७ रनमा समेटियो। अन्तिम ओभरमा १६ रन चाहिएकोमा दुई विकेट गुमाएपछि जितको नजिक पुगेर पनि जिम्बावेले पराजय ब्यहोरेको हो।

जिम्बावेको पारि उकास्न सिएन विलियम्सले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६४ रन बनाउन रायन बर्लले अविजित २७ रनको महत्वपूर्ण योगदान दिएका थिए।

यता जिम्बावेलाई रोक्न बंगलादेशका तास्किन अहमेदले सर्वाधिक ३ विकेट लिँदा मुसद्देक हुसैन र मुस्तफिजुर रहमानले समान २ विकेट लिए।

योसँगै समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा छ।

यससँगै बंगलादेशले ३ खेलबाट ४ अंक बनाएको छ। अब उसले भारत र पाकिस्तानसँग खेल्न बाँकी छ। यी दुई टोलीसँगको खेलले बंगलादेशको माथिल्लो चरणको यात्रा तय गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here