काठमाडौं । भारतको गुजरातमा झोलुंगे पुल खस्दा १ सय ४१ भन्दा बढीको मृत्यु भएको छ।
गुजरातको मौरवीमा मच्छु नदीको कात्तिक १३ गते पुल खस्दा कम्तिमा १४१ जनाको मृत्यु भएको टाईम्स अफ इन्डियाले उल्लेख गरेको छ।
मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ ।
अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ । टाईम्स अफ इन्डियाका अनुसार कात्तिक १४ गते विहान ८ बजेसम्म उद्धार कार्य जारी रहेको छ।
बिबिसीका अनुसार यो सय वर्ष पुरानो पुल हो।


























