चौतर्फी विवादपछि मस्कले घटाए ट्वीटर प्रयोगकर्ताको शुल्क, ‘ब्लू टिक’ले मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं । ट्वीटरले चौतर्फी विवादपछि प्रयोगकर्ताबाट लिने शुल्क कम गर्ने भएको छ । मस्कले आफ्ना प्रयोगकर्ताहरुबाट मासिक ८ डलर लिने बताएका छन् ।

यो विशेषगरी आफ्नो अकाउन्ट भेरिफाइड गर्न चाहनेहरुका लागी हो । मस्कले मंगलबार भने कि उनले ट्वीटरको सदस्यता सेवाको लागि प्रति महिना ८ डलर चार्ज गर्ने योजना बनाएका छौ ।

ब्लु टिक पाएका प्रयोगकर्ताले आफ्नो भेरिफिकेसन ब्याज जारी राख्न प्रतिमहिना १९ दशमलव ९९ डलर करिब २७ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेकोमा चौतर्फी आलोचनापछी शुल्क घटाएको हो ।

प्रयोगकर्ताले उक्त रकम तिरेनन् भने उनीहरूको अकाउन्टबाट ब्लु टिक हटेर जाने बताइएको छ ।

सामाजिक सञ्जाल साइटको ४४ बिलियन डलर टेकओभर पछि स्क्याम र घोटालालाई हटाउन यस्तो कदम चालेको बताएका छन् ।

प्रयोगकर्ता नामको छेउमा निलो टिक चिन्ह सामान्यतया हाई-प्रोफाइल फिगरहरूको लागि भने हाल निःशुल्क छ।

यता आलोचकहरुले भने यो कदमले भरपर्दो स्रोतहरू पहिचान गर्न गाह्रो बनाउन सक्ने बताउछन् ।

नीलो टिकको लागि प्रयोगकर्ताहरू प्रमाणित गर्ने ट्विटरको पुरानो विधिमा छोटो अनलाइन आवेदन फारम समावेश थियो । ती व्यक्तिहरूका लागि आरक्षित थियो जसको पहिचान प्रतिरूपणका लागि लक्षित थियो, जस्तै सेलिब्रेटीहरू, राजनीतिज्ञहरू र पत्रकारहरू।

‘आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ।‘ सिईओ मस्कले ट्वीटरमा लेखेका छन्, ‘यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुनेछ।

ट्वीटरले भेरिफाइड प्रयोगकर्ताबाट मासिक शुल्क लिने, पैसा नतिरे ‘ब्लू टिक’ खोसिने

ट्विटर ‘स्वतन्त्र चरा’ घोषणा गरेका मस्कले डोनाल्ड ट्रम्प विरुद्धको प्रतिबन्ध हटाउलान् ?

इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here