काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् ।
चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रविको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाएनन् ।
उनले प्रदेशसभाको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।