सानदार शुरुवात गर्ने लक्ष्यमा दाबेदार अर्जेन्टिना

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीच आज खेल हुँदैछ । समूह ‘सी’ मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

विश्वकपमा अर्जेन्टिना र साउदी अरेबियाले आफ्नो पहिलो खेल खेल्दैछन् । तर २० वर्ष अगाडी सन् १९९२ मा फिफा कन्फेडेरेसन कपको फाइनल खेलको झल्को दिने अनुमान गरिएको छ ।

समूह सी अन्तर्गत हुने खेल दिउँसो ३स्१५ मा लुसाइल स्टेडियममा हुने छ। लियोनल मेसीको कप्तानीमा मैदान उत्रिएको अर्जेन्टिना कतार विश्वकपमा सानदार सुरुआत गर्ने लक्ष्यमा रहेको छ।

७ पटकको बालोन डीुओर विजेता मेसी पछिल्लो समयको आफ्नो उत्कृष्ट फर्मलाई कायम राख्दै विश्वकपको उपाधि जित्ने प्रयासमा छन्।

त्यसोत अर्जेन्टिना ३६ खेलमा अपराजित रहेकाले निरन्त अपराजित यात्राको कीर्तिमानलाई कायम राख्दै आफ्नो दबदबाका लागिपनि साउदीमाथि फराकिलो जितको प्रतिक्षामा हुने छ। २०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाले हार व्यहोरेको छैन।

लियोनेल स्कोलानीको अर्जेन्टिना विश्वकप छनोटमा समेत अपराजित रहेको थियो। त्यसोत एसियन पावरका रुपमा रहेको साउदी पनि बलियो राष्ट्र अर्जेन्टिनालाई रोक्दै विश्वकपमा इतिहास रच्न चाहन्छ। तर, साउदीका लागि लयमा रहेको अर्जेन्टिना विरुद्व जित निकाल्न सहज भने हुने छैन्।

साउदीले २०१८ को विश्वकपको उद्घाटन खेलमा रुससँग खेलेको थियो। जहाँ साउदी ५(० को फराकिलो हार व्यहोरेको थियो। तर, यो पटक बलियो अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दा तुलनात्मक रुपमा साउदी रक्षात्मक हुने छ।

अर्जेन्टिना र साउदी अरेबिया बिच अहिलेसम्म ४ खेल भएको छन्। तर साउदी जितिविहिन छ। अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here