कतार विश्वकप: पहिलो हाफमा अर्जेन्टिना १–० ले अगाडि

काठमाडौं । कतार विश्वकप फूटबलको पहिलो हाफमा अर्जेन्टिनाले १–० अग्रता लिएको छ । समूह सी अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।

खेल सुरु भएको १० मिनेटमै पाएको पेनाल्टीमा गोल गरेर मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

लुसेल रंगशालामा भइरहेको खेलको दोस्रो मिनेटमा मेसीले प्रहार गरेको बलमा भने अवाइसले उत्कृष्ट बचाउ गर्दै साउदीको संकट टारेका थिए ।

मेसीले २२औं मिनेटमा गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।

एसियाली मुलुकमाथि निरन्तर आक्रमणका मौका बनाएको अर्जेन्टिनाका लागि २८औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोल पनि अफसाइडकै कारण रद्द भयो।

दक्षिण अमेरिकी महारथीविरुद्ध संघर्षरत साउदीले भने फ्रेममा कुनै प्रहार गर्न सकेन।

विश्व फुटबलले पाएको सबभन्दा ठूला स्टारमध्येका एक हुन् मेसी । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध उनले आफ्नो करिअरमा अन्तिमपल्ट विश्वकपको उापधि जित्ने प्रयास गर्ने बताएका छन् ।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका उनको कतार यात्रा लगातार पाचौं विश्वकप हो ।

उनको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनल पुगेपनि उपाधि होडमा उसलाई जर्मनीले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here