अर्जेन्टिनाविरुद्ध साउदी अरबको २-१ को अग्रता

काठमाडौं । कतारमा जारी विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदी अरबले २-१ को अग्रता लिएको छ ।

लुसेल रंगशालामा भइरहेको खेलको दोस्रो हाफमा साउदीका सले अलशेहेरीले गोल बराबरी गोल फर्काए ।

फेरेस अलब्रिकानले दिएको पासलाई उनले १८ यार्ड बक्स अगाडिबाट प्रहार गर्दै गोलमा परिणत गरेका हुन्। त्यसको ५ मिनेट नबित्दै सलीन अलदावासरीले अर्को गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here