ओरालो लाग्यो सुन र चाँदीको भाउ

फाइलफोटो

काठमाडौं । सुन र चाँदीको भाउ ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल तोलामा ४ सय रुपैयाँ दरले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

यता अघिल्लो दिन १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ सस्तो हुँदै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here