गोरखा १ बाट प्रदेश सभामा माओवादी केन्द्रका धिताल विजयी

काठमाडौं, ७ मंसिर । गोरखाको क्षेत्र नम्बर १ प्रदेश सभामा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतगणनामा धितालले १५ हजार ४ सय ५६ मत ल्याएका छन् । धितालका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले ९ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।

धितालले ५ हजार ६ सय ३४ मतको मतान्तरले विजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here