गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले गरे ‘ह्याट्रिक’

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनको साथ लिएर उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्।

बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् ।

बिष्टले ७० र ७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।

गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्।
२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए। हाल उनी एमालेकै सचिव रहेका छन्।

विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन्। विष्ट ऊर्जा र श्रम तथा रोजगार मन्त्रीसहित २ पटक मन्त्री भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here