विश्वकप फुटबल: स्पेनको धमाकेदार शुरुवात, गाबीले रचे कीर्तिमान

काठमाडौं । स्पेनले विश्वकप फुटबलमा धमाकेदार शुरुवात गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो ।

विहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे ।

त्यस्तै डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक/एक गोल गरे । जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमा ३ अंक जोडेको छ ।

बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् ।

स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।

समूह ‘ई’ मा बुधबार भएको खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली मुलुक जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here